२०८३, ८ कार्तिक शनिबार
×

बेलायतले युक्रेनलाई ६ हजार क्षेप्यास्त्र र २ करोड ५० लाख पाउण्ड सहयोग गर्ने

2991 Shares

लण्डन : बेलायती प्रधानमन्त्री बोरिस जोनसनले बिहीबार बेलायतले युक्रेनलाई करिब ६ हजार मिसाइलहरू प्रदान गर्ने घोषणा गर्नेछन्।

ब्रसेल्समा नाटो र जी–७ का नेताहरुको बैठकमा प्रधानमन्त्री जोनसनले युक्रेनी सैनिक र पाइलटहरुलाई भुक्तान गर्न सकियोस् भनेर मिसाइलका अतिरिक्त २ करोड ५० लाख पाउण्ड आर्थिक सहयोग गर्ने घोषणा पनि गर्नेछन् ।

बेलायत सरकारले यस क्षेत्रमा युक्रेनी र रुसी भाषा सेवाहरूलाई सहयोग गर्न बीबीसी वर्ल्ड सर्भिसलाई ४.१ मिलियन पाउण्ड उपलब्ध गराउने छ। ‘बेलायतले युक्रेनलाई सैन्य र आर्थिक सहायता प्रदान गर्न सहयोगीहरूसँग काम गर्नेछ, उनीहरूको प्रतिरक्षात्मक क्षमतालाई बलियो बनाउने काम गर्छ,’ जोनसनले भने, ‘यो आक्रमण भएको एक महिना भइसक्यो, अन्तर्राष्ट्रिय समुदायको अगाडि भएको विकल्प युक्रेनमा स्वतन्त्रताको ज्वालालाई जीवित राख्नु वा यसबाट सम्पूर्ण युरोप र विश्वलाई जलाउने जोखिममा पार्नु हो।’

बेलायतले पहिले उपलब्ध गराइसकेको झण्डै ४ हजार मिसाइलबाहेक ६ हजार मिसाइल दिन लागेको उनको भनाइ छ।

यसअघि बेलायतले युक्रेनलाई ४० करोड पाउण्ड दिने प्रतिबद्धता जनाएको थियो र यो नयाँ आर्थिक सहायता त्यसको अतिरिक्त हुनेछ । बीबीसी

 

प्रतिक्रिया