२०८३, ८ कार्तिक शनिबार
×

बेलायतकी महारानी एलिजाबेथलाई कोरोना संक्रमण

1509 Shares


लन्डन । बेलायतकी महारानी एलिजाबेथ कोभिड-१९ बाट संक्रमित भएकी छिन ।

बेलायतकी महारानी एलिजाबेथ द्वितीय कोरोनाको परीक्षण गर्दा संक्रमित भएको बकिंघम प्यालेस(राजदरबार) ले आइतबार घोषणा गरेको छ ।

९५ वर्षीया रानी जसले राज सिंहासनमा आफ्नो ७० औं वर्ष मनाई रहेकी छिन । दरबारका अनुसार रानीले हल्का चिसो जस्तो लक्षणहरू अनुभव गरिरहेकी जनाएको छ । तर आगामी हप्तामा विन्डसरमा हल्का आफ्ना कर्तव्यहरू जारी राख्ने अपेक्षा गरिएको छ, दरबारले भन्यो।

रानीलाई चिकित्सा सेवा जारी राखिने र सबै उपयुक्त दिशानिर्देशहरू पालना गर्नेछिन भनिएको समाचार सिएनएनले लेखेको छ ।

प्रतिक्रिया