अमेरिका । चितवन स्थाई घरभै हाल डालस टेक्सासमा आफ्नो परीवारको साथ बस्दै आएकी गंगा कार्की, दिनेश कार्की को श्रीमती मिती सेप्टेम्बर २०१८ ,२२ गते बेलुका साँझ ८:३० बजे तिर कामबाट घर फर्कने क्रममा हाईबे १८३ आर्भिङ्ग टेक्सासमा ठुलो कार दुर्घटना हुनपुग्यो ।
गंगालाई अर्धचेत अवस्थामा एम्बुलेन्स द्वारा बेलोर ग्रेपभाईन हस्पिटलमा लगियो । हस्पिटल पुग्ने बित्तीकै ईमर्जेन्सी अपरेसन कोठामा लगियो र ४ घण्टाको अपरेसन पछी डाक्टरबाट थाहाभयो कि गंगाको शरीर र अनुहारमा धेरै हड्डीहरु भाँचिएको रहेछ । छातीमा निकै ठुलो चोट रहेछ, रगत बग्ने क्रम नरोकिएर पेटको ओपेन सर्जरी समेत गर्नुपर्यो । अहिले गंगा ट्रौमा (अाईसियु)मा आफ्नो जीवनकोलागी संघर्ष गरीराखेकी छन । हालसम्म दुईवटा मेजर सर्जरी भैसकेको छ । पछी फेरी फोक्सोमा पानी देखा परेको जटीलताले गर्दा गर्नुपर्ने अरु ३ वटा सर्जरी बांकी रहेको छ । डाक्टरहरुले गंगाको जीवन रक्षाको आशा त देखिएको छ तर उपचारको प्रकृयाभने निकै लामो समयसम्म चल्ने बताएका छन ।
मिसेस.कार्कीको दुईवटा सन्तान छन ( जेठो छोरा ६ बर्षको र कान्छो छोरा ११ महिनाको ) उनका श्रीमान दिनेश कार्की आफ्नो काम छोडि आफ्ना दुईवटा छोराको साथ २४ सै घण्टा आफ्नी श्रीमतीसंग हुनुहुन्छ ।
निकैनै न्युनतम मेडिकल कभरेज, बढ्दो खर्च र आम्दानिको सर्ट भएकोले अमेरिकाको यो महँगो ठाउँमा कार्की परीवार आर्थिक संकटमा पर्नुभएको छ । यो दु:खद समयमा सम्पूर्ण दाजुभाई दिदिबहिनीहरुले आ-आफ्नो ठाउँबाट जे जती सकिन्छ कार्की परिवारलाई सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ ।