२०८३, ९ कार्तिक आईतवार
×

हेइटीका राष्ट्रपतिको हत्या अभियोगमा पूर्व सिनेटर जोसेफ पक्राउ

1318 Shares

एजेन्सी : हेइटीका राष्ट्रपति जोभेनेल मोइसको हत्यामा संलग्न रहेको अभियोगमा पुर्व सिनेटर पक्राउ परेका छन् । हेइटीका पुर्व सिनेटर जोन जोएल जोसेफेलाइ जमैकाबाट पक्राउ गरिएको हो ।

गत वर्षका जुलाई सातमा हेइटीको राजधानी पोर्ट औ प्रिन्सस्थित आफनै निवासमा राष्ट्रपति मोइसको गोली हानी हत्या गरिएको थियोे ।

राष्ट्रपतिको हत्या सम्बन्धमा छानबिन गरिरहेको हेइटीको प्रहरीले तयार पारेको १ सय २४ पृष्ठ लामो अनुसन्धान प्रतिवेदनमा जोसेफले नै राष्ट्रपतिको हत्यामा महत्वपुर्ण भुमिका खेलेको उल्लेख छ ।

पक्राउ परेका जोसेफकै योजनामा हत्या गरिएको र उनले हतियार समेत उपलब्ध गराएको प्रहरीको दाबी छ ।

राष्ट्रपतिको हत्या आरोपमा यसअघि पनि थुप्रै व्यक्ति पक्राउ परेका छन् । हत्या अभियोगमै पक्राउ परेका कोलम्बियाका पूर्व प्रहरी अधिकारी मारियो एन्टोनियो पालासियोसलाई अमेरिकामा मुद्दा चलाइएको छ ।

प्रतिक्रिया