२०८३, ८ कार्तिक शनिबार
×

बेलायतका प्रधानमन्त्री जोन्सनले गरे विवाह

1450 Shares

एजेन्सी : बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले विवाह गरेका छन् । ५६ वर्षीय जोनसनले ३३ वर्षीया क्यारी सिमोन्डसँग विवाह गरेका हुन् ।

जोन्सनको यो तेस्रो विवाह हो । जोन्सनलेयसअघि गरेका दुई वटा विवाह डिभोर्समा टुंगिएका थिए ।

शनिबार भएको उक्त विवाहमा सीमित व्यक्तिलाई मात्र बोलाइएको थियो । वेस्टमिनस्टर क्याथेड्रलमा ३० जना मानिसहरूलाई बोलाएर जोन्सनको विवाह भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यहरुले जनाएका छन् ।

बेलायतमा कोरोना महामारी नियन्त्रणका लागि जारी भएको मापदण्डमा विवाहमा ३० जना मानिसमात्र सहभागी हुन पाइन्छ ।सोहीअनुसार जोनसनको विवाहमा ३० जना मात्र सहभागी भएको बताइएको छ ।

विवाह समारोहमा सहभागीहरूले सामाजिक सञ्जालमा नयाँ दम्पतीलाई शुभकामना दिएपछि जोन्सनले विवाह गरेको खुलेको हो ।

जोन्सन र सिमोन्ड्स सन् २०१८ देखि प्रेमसम्बन्धमा थिए । उनीहरूले आफ्नो सम्बन्धबारे सन् २०२० मा मात्रै खुलाएका थिए ।

प्रतिक्रिया