‘धेरै सोच–विचार र हाम्रो सम्बन्धमा काम गरेपछि हामीले हाम्रो सम्बन्धलाई अन्त्य गर्ने निर्णय गरेका छौँ, ट्वीटमा लेखिएको छ ।
अलग भएपछि पनि दुवैले विल एण्ड मिलिन्डा फाउन्डेसनको काम जारी राख्ने प्रतिबद्धता जनाएका छन् ।
सन् २००० मा स्थापना गरिएको यो फाउन्डेसनले अहिलेसम विश्वभर विभिन्न क्षेत्रमा लगभग ५४ बिलियन डलरको सहयोग गरिसकेको छ।
६५ वर्षीय विल गेट्स र ५६ वर्षीय मिलिन्डाको माइक्रोसफ्ट मै भेट भएपछि सन् १९९४ मा विवाह भएको थियो । उनीहरूका तीन सन्तान छन् ।



