२०८३, ८ कार्तिक शनिबार
×

प्रधानमन्त्री जोन्सन भन्छन् : ब्रिटेनको कोरोना विरुद्ध खोप सफलताको पछाडी ‘पुँजीवाद’ र ‘लोभ’

1949 Shares

लण्डन । प्रधानमन्त्री बोरिस जोनसनले ब्रिटेनको कोरोना विरुद्ध खोप कार्यक्रमको सफलताको पछाडि ‘पुँजीवाद’ र ‘लोभ’ रहेको बताएका छन् ।

एक रिपोर्ट अनुसार लकडाउन लगाइएको एक वर्षपछि आफ्नो डाउनिङ स्ट्रीट समाचार सम्मेलनमा एकदमै खरो भाषण गरेपछि प्रधानमन्त्री जोन्सनले १९२२ को बैकबेन्च समितिको बैठकमा टोरीका सहकर्मीहरूसँग ‘पुँजीवाद’ र ‘लोभ’ बारे ठट्टा गरेका थिए ।

‘हाम्रो खोप कार्यक्रमको सफल हुनुको कारण पुँजीवादको कारण हो, मेरा साथीहरुको लोभले गर्दा हो,’ उनले जुम कलमा सांसदहरुलाई भने, ‘द सनले रिपोर्टमा जनाएको छ ।

प्रधानमन्त्री जोन्सनले ‘आफूले भन्ने बित्तिकै गडबडी भएको थाहा पाए र उनको टिप्पणीको अर्थ प्रस्ट पार्न खोजेका थिए । उनले उपस्थित व्यक्तिहरू सामूहिक स्मृतिबाट त्यो टिप्पणी हटाउन’ आग्रह गरेको बताईएको छ ।

डाउनिङ स्ट्रीटका एक प्रवक्ताले बैठकको दौडान के भएको थियो त्यसमा टिप्पणी गर्न अस्वीकार गरे, तर प्रधानमन्त्रीले रिपोर्ट गरेको टिप्पणीलाई अस्वीकार गरेनन् ।

प्रतिक्रिया