२०८३, ८ कार्तिक शनिबार
×

मेघानले उठाएको रङ्गभेदको आरोप ‘सम्बोधन हुनेछ’ : बकिङहाम प्यालेस

2178 Shares

लण्डन । बकिङहाम प्यालेसले ओप्रा विनफ्रे अन्तरवार्तामा ह्यारी र मेघनले उठाएको जातीय रङ्गभेदको आरोप गम्भीर भएको बताएको छ।

रानीको तर्फबाट जारी गरिएको वक्तव्यमा ‘परिवारले गोप्य रूपमा सम्बोधन गर्ने’ जनाईएको छ ।

प्रेस वक्तव्यमा भनिएको छ कि ‘बकिङ्घम प्यालेसद्वारा महामहिम रानीको तर्फबाट दुखद प्रकट गरिएको छ । ‘ह्यारी र मेघनको लागि गएको केही वर्ष कत्तिको चुनौतीपूर्ण भएको छ भन्ने कुरा थाह पाउँदा पूरै परिवार दुःखी छौ ।

ह्यारी र मेघनर आरोपहरु विशेष गरी रङ्गभेदका  मुद्दाहरु सम्बन्धित छन् । कुनै-कुनै घटनाहरु फरक-फरक भए तापनि ती कुराहरूलाई एकदमै गम्भीरतापूर्वक लिएका छौ र परिवारले गोप्य रूपमा त्यसको समाधान गर्छौ । ‘ह्यारी, मेघान र आर्की सधैँ हाम्रो धेरै माया गर्ने परिवारका सदस्य हुनेछन् ।

सम्बन्धित समाचार :

बेलायती राजपरिवार भित्रको रंगभेदले म आत्महत्या गर्ने अवस्थामा पुगेकी थिएँ : मेघन

प्रतिक्रिया