लण्डन । बेलायत सरकारले आफ्ना नागरिकहरु विदेश यात्रा गर्नुपर्ने आवश्यक कारण खुलाउनु पर्ने अनिवार्य नियम लागु गरेको छ । मार्च ८ तारीकबाट लागु भएको नयाँ नियम “एक्जिट परमिट” अर्थात बेलायत छोड्नु पर्ने आवस्यक कारण सहित ६० घण्टा पहिले अनुमती लिनुपर्ने कडा नियम लागु भएको छ ।
सो नियम अनुसार विदेश यात्राको लागि प्रस्थान गर्नु पूर्व यात्रुले “एक्जिट परमिट” को पूर्ण फारम भर्नुपर्नेछ ।
अन्तर्राष्ट्रिय यात्रा गर्न पाउने सर्वसाधारणको अधिकार भएता पनि विशेष परिस्थिमा राज्यले विशेष नियमहरू लागु गर्न सक्नेछ ।
उपयुक्त पारिवारिक कारण, औषधी उपचार, विशेष काम जस्ता अत्ति आवस्यक बाहेक अरु अबस्थामा सरकारले में महिनाको १७ तारिक सम्म विदेश भ्रमण गर्न प्रतिबन्ध लगाएको छ ।
विमानस्थल वा बन्दरगाह” एयरलाइन्स, ट्रेन अपरेटरहरू र फेरी कम्पनीहरूले यात्रुको विदेश यात्राको आवश्यता तथा वैधानिकता चेक जाँच गर्नेछन्। उपयुक्त कारण तथा “एक्जिट परमिट” बिना विदेश भ्रमणमा जानु अपराधिक गतिबिधि हुन सक्ने जनाईएको छ ।
यात्रा गर्नुको कारण कुनैपनि बेला कहीं पनि प्रहरीले चेक जाँच गर्न सक्ने छन् । यात्राको उद्देश्य तथा आवश्यकता प्रमाणित गर्न नसके करिब २सय देखि ६हजार पाउण्ड सम्म जरिवाना गर्न सक्नेछन् ।
प्रधानमन्त्री बोरिस जोन्सनले मे महिनाकाे १७ तारिक सम्म साधारण अबस्थामा अन्तर्राष्ट्रिय भ्रमणको लागि अनुमती नदिने जनाएका छन् । त्यस्तै गरी हाल बेलायतमा लागु रहेको सबै खाले लक्डाउन तथ्याङ्कको आधारमा जुन २१बाट खोलिने जनाईएकाे छ ।