२०८३, ८ कार्तिक शनिबार
×

जो बाइडेनले लिए ४६ औँ अमेरिकी राष्ट्रपतिको सपथ

1224 Shares

वाशिङ्गटन  डिसी — अमेरिकाको राष्ट्रपति पदमा विजयी भएका डेमोक्र्याटिक दलका जो बाइडेनले ४६ औं अमेरिकी राष्ट्रपतिकाे रूपमा  सपथ लिएका छन्  ।

बाइडेनले सपथ लिनु अगाडी निर्वाचित कमला ह्यारिसले उपराष्ट्रपति पदकाे सपथ लिएकी थिइन् ।

अमेरिकी प्राथमिक चुनावमा डेमोक्र्याटिक दलकै उनका आफ्नै साथीहरुसंग लगभग हारी सकेका बाइडेनलाई साउथ क्यारोलाइनाले साथ दिए पछि उनले ४६ औं राष्ट्रपति बन्ने सौभाग्य पाएका हुन् ।

उनलाई बर्नी स्यान्डर्स, कमला ह्यारिस, एलिजावेथ वारेन लगायतसंग बहसमा पनि पछाडी परेका बाइडेनलाई साउथ क्यारोलाइनाले जिताए पछि उनले पछि फर्केर हेर्नु परेन र अन्तताेगत्वा अमेरिकाको ४६ औं राष्ट्रपति बन्न कसैले रोक्न सकेन ।

गत जनवरी ६ का दिन बाइडेनलाई राष्ट्रपति हुन् नदिन ट्रम्पका समर्थकहरुले सदनमा दंगा गरेका थिए जसको कारण ५ जनाको मृत्यु भएको थियो ।

बाइडेनले राष्ट्रपति  डोनाल्ड ट्रम्पलाई हराएका थिए । अत्यन्तै प्रतिस्पर्द्धा रहेको चुनावमा भूतपूर्व राष्ट्रपति ट्रम्प विवादै विवाद ,लफडा र अनेक तिकडम गरेका कारण ४६ औं राष्ट्रपति बन्न सकेनन् ।

बाइडेनलाई भूतपूर्व राष्ट्रपति ट्रम्पले बधाई दिएनन् र अहिले सम्म पनि बिजयी भएको भनि एक शब्द पनि बाहिर निकालेका छैनन् । चुनाव धांधली र चोरी गरि बिजयी भएको भन्दै आरोप लगाई गलत सूचना दिई रहेका ट्रम्प जनवरी २० बुधबारका दिन बिहान फ्लोरिडा उडेका छन् ।

अमेरिकाको १५२ वर्षको इतिहासमा आफ्ना उत्तराधिकारीलाई निमन्त्रणा नदिई र स्वागत नगरी  मेलानिया ट्रम्पको साथ ट्रम्प फ्लोरिडा उडेका छन् । उनी अब भूतपूर्व राष्ट्रपति भएका छन् ।

४ दशक देखि अमेरिकी राजनीतिमा

४ दशक देखि अमेरिकी राजनीतिमा संलग्न र लामो समय सम्म सिनेटर भएर काम गरेका बाइडेन  पूर्व अमेरिकी राष्ट्रपति बराक ओबामाकाे उपराष्ट्रपति भै ८ वर्ष व्हाइट हाउसमा काम गरि सकेका छन् ।

यसै गरि क्यालिफोर्नियाकी सिनेटर कमला ह्यारिसलाई उप राष्ट्रपतिको उम्मेदवारमा नियुक्ति गरे पछि बाइडेनलाई थप सहयोग र समर्थन हुँदा उनको ऐतिहासिक बिजय सम्भव भएको थियो ।

अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुन आवश्यक पर्ने २७० निर्वाचकीय मत (इलेक्टोरल मत ) चाहिने हुँदा बाइडेनले ३०६ निर्वाचकीय मत प्राप्त गरि ४६ औं अमेरिकी राष्ट्रपति हुन् सफल भएका हुन् ।

बाइडेनले ट्रम्पको थप ४ वर्ष राष्ट्रपति र दोश्रो कार्यकालको लागि व्हाइट हाउसमा शासन गर्ने सपनालाई तगारो लगाउन सफल भए ।

४० वर्ष देखि राजनीतिमा संलग्न जो बाइडेनलाई अमेरिकी जनताले पत्याई उनलाई बिजयी गराएका हुन् । निर्वाचन अघि गरिएका सबै मत सर्वेक्षणहरुमा बाइडेन नै अगाडी भएको र उनले जित्ने भनि गरिएको भबिष्यवाणी यसपटक सत्यमा परिणत भएको छ । अमेरिकी मतदाताहरुले संचारमाध्यमहरुले गरेका सर्वेक्षणहरु प्रति मतदाताहरुले बिश्वास गरेका छन् ।

व्हाइटहाउस छोड्ने समयमा सन् २०१६ देखि नै विवादै विवादमा मुछिएका ट्रम्पलाई अमेरिकी इतिहासमै दुई पटक महाअभियोग लगाइएको थियो  ।

बाइडेनको जीतसंगै अमेरिकी तल्लो सदन र माथिल्लो सदन सिनेटमा डेमोक्र्याटिकको बहुमत भएको छ । बाइडेनले कूल ८ करोड १२ लाख अर्थात् ५१.४ प्रतिशत पपुलर भोट (लोकप्रिय मत) प्राप्त गर्न सफल भएका थिए ।

जो बाइडेनको पुरा नाम जोसेफ रोबिनेट बाइडेन जुनियर हाे । उनको जन्म २० नोभेम्बर १९४२ मा भएको हो । उनी एक सफल अमेरिकी राजनीतिज्ञ हुन् । सन् २००९ देखि सन् २०१७ सम्म ओबामा प्रशासनमा संयुक्त राज्य अमेरिकाको ४७ औँ उपराष्ट्रपतिको रूपमा उनले सेवा गरेका थिए।

उनले डेलावेयरका लागि सन् १९७४ देखि सन् २००९ सम्म सिनेटरको रूपमा काम गरेका थिए । कार्यक्रममा लेडी गागाले बेजोड अमेरिकी राष्ट्रिय गान प्रस्तुति गरेकी थिइन् भने गायिका जेनिफर लोपेजले एक गीत प्रस्तुति गरेकी थिइन् ।

प्रतिक्रिया