२०८३, ८ कार्तिक शनिबार
×

१३ लाख भन्दा वढि आप्रवासीले बेलायत छाडे

24041 Shares

लण्डन । दोश्रो विश्व युद्ध पछि सबैभन्दा बढि आप्रवासीहरुले एकैसाथ वेलायत छोडेको यो पहिलो पटक भएको बेलायतको गृह मन्त्रालयले भनेको छ । लण्डनबाट मात्रै सात लाख आप्रवासीहरु आफ्नो देश फर्किएका छन । हालैको बसाईसराई गतिविधिले लण्डनको जनसंख्या आठ प्रतिशतले घटेको छ । कोभिड १९ महामारी र ब्रेक्जीटले निम्त्याएको अप्ठ्यारो अवस्था नै यसको मुख्य कारण भएको बेलायती गृह मन्त्रालयका उच्च अधिकारीहरुको अनुमान छ ।

आप्रवासीहरूलाई अनुगमन गर्ने माइग्रेसन वाच यूकेका अनुसार यूकेको कडा बसाईसराई सम्वन्धि नीतिका कारण आउने दिनहरुमा बेलायती अर्थत्रन्त्रलाई सन्तुलित पार्न चाहिने आवश्यक कामदारहरुको आपुर्तिमा समस्या आउने देखिन्छ । सर्वप्रथम युके गृह मन्त्रालयले वसाईसराई नीतिलाई खुकुलो बनाउनु नै ब्रेक्जिटबाट आउने विचलनलाई रोक्नु रहेको यस क्षेत्रका विज्ञहरु को राय रहेको छ ।

पछिल्लो जनगणनालाई आधार मान्दा युनाइटेड किङ्गडमको ( यूके) जनसंख्या ६६.६५ मिलियन रहेको छ । सन २००१ देखि सन २०११ को विचमा मात्रै ७.५ मिलियन युनाइटेड किङ्गडम भन्दा वाहिर जन्मीएका मानिसहरु बेलायतमा बसाई सरेर आएको तथ्याङ्कले देखाउँछ । नेशनल अडिट यूकेको कार्यलय अनुसार आठ लाख साठीहजार कागजपत्र नभएका अवैधानिक आप्रवासी रहेपनि विभिन्न कारणले यो जनसंख्या एक मिलियन भन्दा वढि रहेको संवन्धित क्षेत्रका विज्ञको अनुमान छ ।

बेलायतमा कोरोनाका कारण मात्रै नब्बे हजार भन्दा बढिले ज्यान गुमाईसकेका छन भने ३.४४ मिलियन (लगभग ३५लाख ) मानिसहरु कोभिड पोजेटिभ प्रमाणित भएका छन । हस्पिटालिटी र आप्रवासीलाई पढाउन खुल्ला गरिएका युनिभर्षिटीहरु लगाएत धेरैजसो क्षेत्रको व्यवशायिक अवस्था दयनिय छ भने यहाँको नेशनल हेल्थ सर्भिसले पनि विरामीको भार अस्पतालहरुमा थेग्न नसक्ने गरि ह्वातै बढेपछि अत्यावश्यक अवस्था वाहेक घरमै वसेर सुरक्षित रहन आग्रह गरेको छ ।

प्रतिक्रिया