लण्डन । विदेशबाट इंग्ल्याण्ड प्रवेश यात्रुहरुलाई शुक्रबारदेखि प्रवेश गर्न अनुमति दिनुभन्दा पहिले कोरोना भाइरसको नकारात्मक परीक्षण ( पिसिआर रिपोर्ट ) गरेको देखाउनु पर्नेछ ।
कोभिड-१९ परीक्षण प्रस्थान हुनुभन्दा ७२ घण्टाअघि गर्नुपर्ने र त्यसो नगर्नेहरूले तुरुन्तै ५०० पाउण्डको जरिबाना तिर्नुपर्ने उल्लेख गरिएको छ । डुङ्गा, विमान र रेलमा जाने यात्रुहरूलाई समेत यस नियम लागु गरिएको छ र यो ब्रिटेनका नागरिकहरूमा पनि लागू हुन्छ ।
ट्रान्सपोर्ट मन्त्री रबर्ट कोर्ट अनुसार सो नियम शुक्रबार बिहान ४ बजे देखि इंग्ल्याण्डमा आगमन हुने यात्रुहरुलाई लागुहुने बताए ।
‘विश्वव्यापी र घरेलु रूपमा हामीले नयाँ प्रकोपको चिन्ता सहित कोरोनाभाइरसको स्तरमा उल्लेखनीय वृद्धि देख्दैछौं । यो नियम लागु भएपछि ब्रिटेनमा कोरोनाभाइरसको संक्रमितको संख्यामा कम आउने उनले विश्वास लिएको बताए ।