२०८३, १४ असार आईतवार
×

ट्रेन्डिङ

संसद् विघटन असंवैधानिक भन्ने ४ पूर्व प्रधानन्यायाधीशमाथि खनिए प्रधानमन्त्री ओली

1914 Shares
Spread the love

काठमाडौं। संसद् विघटन असंवैधानिक भन्दै ४ जना पूर्व प्रधानन्यायाधीशहरुले वक्तव्य जारी गरेको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले आक्रोश पोखेका छन्। शनिबार राजधानी काठमाडौं आयोजित बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पोरपरार जागिर खाएर सकेकाहरुले सर्वोच्चलाई गुमराहमा राख्ने र धम्की दिएको बताए।

उनले भने, ‘पोर परार जागिर खाएकाहरु के भनिरहेका छन्? सर्वोच्चलाई गुमराहमा राख्ने, धम्की दिन उहाँहरुलाई सुहाउँदैन, सडकबाट फैसला दिनु हुन्छ कि संवैधानिक इजलासमा।?’

प्रधानमन्त्री ओलीले अगाडि थपे, ‘अति जान्ने सुन्ने अजासु, अति जान्ने सुन्नेहरु संवैधानिक इजलासले हुँदैन भन्छन। जे उहाँहरुले भन्नुहुन्छ त्यहि फैसला हुनुपर्छ भन्ने हो भने अदालत किन चाहियो ?’

शुक्रबार ४ जना सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशिला कार्कीले वक्तव्य जारी गर्दै प्रधानमन्त्रीले संविधानमा नभएको अधिकार सिर्जना गरी संसद विघटन गरेको भन्दै सो विघटन असंवैधानिक रहेको बताएका थिए।

प्रधानमन्त्री ओलीले हालै काठमाडौंमा नेकपा (प्रचण्ड–माधव) समूहले आयोजना गरेको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीमाथि अमर्यादित नारा लगाएकोमा पनि आक्रोश पोखे। उनले भने, ‘राष्ट्रपति विरुद्ध छाडा बोलियो। रक्सी भट्टी, त्यहाँ पनि त्यस्तो बोलिदैन। प्रचण्ड–माधवको जुलुसमा त्यस्तो बोले, उहाँहरुको सभ्याता कस्तो छ? गणतन्त्रको प्रतिकमाथि हिलो छ्याप्न लाज नमान्ने ? कस्तो संस्कृति हो?’

अर्को प्रसंगमा प्रधानमन्त्री ओलीले चुनाव तोकिएकै मितिमा हुने बताए। उनले आफूमाथि तानाशाह बन्न लागेको आरोप लगाइएको उल्लेख गर्दै चुनावमा जान्छु भन्ने तानाशाह हुन्छ ? भन्दै प्रश्न गरे।

कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रचण्ड र माधव नेपालको पनि आलोचना गरेका थिए।

प्रतिक्रिया