जाकर्ता (एजेन्सी)। इन्डोनेसियाको जाकर्तास्थित विमानस्थलबाट उडेको केही मिनेटमै वेपत्ता भएको विमान दुर्घटनामा परेको पुष्टि भएको छ। विमान स्थानीय सञ्चार माध्यमलाई उद्धृत गर्दै चिनियाँ सञ्चार माध्यम सीजीटीएनले विमान दुर्घटनामा परेको जनाएको छ।
समाचार अनुसार विमान पुलाउ लकी नजिकै पानीमा खसेको बताएको छ। विमानमा ५६ जना यात्रु र ६ जना क्रु मेम्बर रहेका थिए। विमानमा ७ जना बालबालिका रहेको जनाइएको छ।
समाचार अनुसार द श्रीविजया एअरको बोइङ ७३७ विमान दुर्घटनामा परेको हो। सीजीटीएनका अनुसार विमान भारी वर्षाका कारण १ घण्टा ढिलो उडेको थियो।
अमेरिकी विमान कम्पनी बोइङको ७३७ म्याक्स सिरिजको विमान लगातार दुघर्टनामा परेपछि गत वर्ष सो विमानका सबै उडानहरु रोकिएको थियो। र अमेरिकी अथ्योरिटीले स्वीकृति दिएपछि सो सिरिजका विमानहरु फेरि आकाशमा उड्न थालेका छन्। तर, शनिबार वेपत्ता विमान म्याक्स सिरिजको भने होइन।