२०८३, १४ असार आईतवार
×

ट्रेन्डिङ

सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई सडकबाट दबाब दिनु गलत : शेरबहादुर देउवा

1757 Shares
Spread the love

काठमाडौं, २५ पुष । नेपाली कांँग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले अदालतलाई सडकबाट दबाब दिन गलत भएको बताउनुभएको छ ।

प्रतिनिधिसभा विघटनविरुद्ध देशभरका ३३० वटा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शनका क्रममा काठमाडौंको बुढानिलकण्ठमा आयोजित सभालाई सम्बोधन गर्दै देउवाले प्रतिनिधिसभा विघटन असंवैधानिक भएपनि जुलुस निकालेर अदालतलाई यो गर त्यो गर भन्न नमिल्ने बताउनुभएको हो ।

प्रतिनिधिसभा विघटनको मुद्दामा सर्वोच्च अदालतको निर्णय पर्खनुपर्ने भन्दै देउवाले अदालतको निर्णय कांग्रेसले मान्ने बताउनुभयो । अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई सदर गरेमा कांँग्रेस चुनावमा जाने उल्लेख गर्दै पुष्पकमल दाहाल प्रचण्ड लगायत अन्य दलहरु पनि चुनावमा जाने देउवाको दावी थियो ।

सर्वोच्च भन्दा ठूलो अदालत जनता भएकाले जनतामा जाँदा केही पनि नबिग्रने उहाँको टिप्पणी थियो । तर प्रधानमन्त्री ओलीले चुनाव गराउनेमा भने शंका रहेको देउवाको आशंका छ ।

सभापति देउवाले प्रधानमन्त्री ओली आफैं चुनाव प्रचारमा गइसकेकाले ढिलो चाँडो चुनाव हुने विश्वास भने व्यक्त गर्नुभयो ।

प्रतिक्रिया