698
Shares
राष्ट्रपति डोनाल्ड ट्रम्पको सामाजिक संजाल खाता स्थायी रुपमा ट्वीटरले बन्द गरि दिएको छ । गत जनवरी ६ मा सदन तोडफोड र हिंसा हुँदा ५ जना को मृत्यु भएकोले अझ उनले प्रयोग गर्दा हिंसा फैलिन हुने हुनाले बन्द गरेको जनाएको छ ।
अहिले शुक्रबार देखि पुरै बन्द गरेको ट्वीटरले जनाएको छ । ट्वीटरले नजिकबाट यसलाई निहालेर र समिक्षा पछि स्थायी रुपले बन्द गरेको उल्लेख गरेको छ ।
ट्वीटर पहिलो सामाजिक संजाल हो जसले राष्ट्रपतिको समेत खाता पूर्ण रुपमा सदाको लागि बन्द गरि दिएको छ ।