२०८३, १४ असार आईतवार
×

ट्रेन्डिङ

सुवास नेम्वाङको निरिहता देख्दा दया लाग्यो : गगन थापा

1395 Shares
Spread the love

काठमाडौं : नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामाथि ‘कू’ गर्दा पूर्व सभामुख सुवास नेम्वाङले कुनै प्रतिक्रिया नदिएकोमा आपत्ति जनाएका छन् ।

थापाले ट्वीट गर्दै संविधानमा ‘कू’ हुँदै गर्दा त्यसविरुद्ध चुइँक्क बोल्न नसक्ने तत्कालीन संविधानसभा अध्यक्ष नेम्वाङको निरिहता देख्दा दया लागेको बताएका हुन् ।

उनले संविधान बनाएको संविधानसभाको नेताले संविधानको पक्षमा उभिने साहस गर्न नसकेको भन्दै नेम्वाङको आलोचना गरेका हुन् ।

तत्कालीन संविधानसभा अध्यक्ष नेम्वाङ अदालतमा उभिएर प्रधानमन्त्री ओलीको कदम असंवैधानिक भन्दै जमेर बहस गर्नुपर्नेमा लुकेर बसेको आरोप समेत थापाले लगाएका छन् । संविधान बनाएको संविधानसभाको नेताले संविधानको पक्षमा उभिने साहस गर्नुपर्ने उनले उल्लेख गरेका हुन् ।

नेता थापाले सर्वोच्च अदालतले संविधानको वास्तविक व्याख्या गर्ने आशा व्यक्त गरेका छन् । प्रतिनिधिसभा प्रधानमन्त्री ओलीले भंग गरेपछि सुवास नेम्वाङले त्यसमा साथ दिँदै आएका छन् ।

प्रतिक्रिया