2714
Shares
काठमाडौं– अभिनेत्री मनीषा कोइरालाले देशभक्त नागरिक एकजुट हुनुपर्ने बताएकी छिन् ।
२ सय ९९ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले सबै देशभक्त नागरिक एकजुट हुनुपर्ने बताएकी हुन् ।
उनले राष्ट्रिय स्वाभिमान बचाउन पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा सहभागी हुन आग्रह गरिन । उनले भनिन्, ‘सबै एकजुट भएपछि मात्रै स्वाभिमानको साथ बाँच्न सकिन्छ।’
पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मुल समारोह समितिले भव्य रुपमा पृथ्वी जयन्ती मनाउन आग्रह गरेको छ ।
मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै समितिले नेपाललाई एकतावद्ध गर्ने पृथ्वीनारायण शाहको सम्झनामा पुस २७ गतेको पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस विशेष कार्यक्रममा सहभागी हुन आग्रह गरेको हो ।