२०८३, १४ असार आईतवार
×

ट्रेन्डिङ

प्रधानमन्त्री ओलीले पुस २४ गते धनगढीमा हुने वृहतसभालाई सम्बोधन गर्ने

1863 Shares
Spread the love

धनगढी–  नेपाल कम्युनिस्ट पार्टी नेकपा  ‘ओली समूह’ले पुस २४ गते (शुक्रबार) धनगढीमा बृहत जनसभा गर्ने भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका प्रदेश अध्यक्ष कर्णबहादुर थापाले सभाको तयारी तीव्र भएको जानकारी दिए । उनका अनुसार सभामा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

धनगढीमा सोमबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष थापाले बताएअनुसार जनसभाका लागि विभिन्न समिति गठन गरिएको छ । अध्यक्ष थापाको संयोजकत्वमा २ हजार ५२५ सदस्यीय मूल तयारी समिति गठन भएको छ ।

प्रतिक्रिया