२०८३, ८ कार्तिक शनिबार
×

नयाँ वर्षसँगै बेलायत इयूबाट बाहिरियो

2027 Shares

काठमाडौं। बेलायत नयाँ वर्ष २०२१ को सुरुवातसँगै युरोपियन युनियन (इयू)बाट औपचारिक रुपमा अलग्गिएको छ। नयाँ वर्षको सुरुवातसँगै बेलायतमा नयाँ व्यवस्था लागु भएको बीबीसीले जनाइएको छ।

अब त्यहाँका मानिसहरुका लागि इयूको नियम लागु हुने छैन्। त्यस्तै यात्रा, सुरक्षा व्यापार, प्रवासी लगायत विषय सम्बन्धी नयाँ नियम लागू गरिएको छ।

’ब्रेक्जिट’को प्रक्रिया सकिएकोमा खुशी व्यक्त गर्दै प्रधानमन्त्री बोरिस जोनसोनले अब बेलायत स्वतन्त्र भएको र अझै राम्रो गर्ने क्षमता बनेको बताए। उनले देशका मन्त्रीहरूलाई केही दिन वा सातासम्म नयाँ नियमहरूका कारण समस्या हुनसक्ने भएकाले सतर्क रहन आग्रह गरे। त्यस्तै बेलायती कम्पनीहरूले पनि बद्लिएका नियम अनुरुप काम गर्नपर्ने सुनाए।

सन् २०१६ मा बेलायतका मानिसले जनमत संग्रहमार्फत इयूबाट बाहिरिने निर्णय गरेका थिए। ठीक साढे ३ वर्षपछि २७ सदस्यीय युनियनबाट बेलायतल राजनीतिक र आर्थिक हिसाबमा औपचारिक रुपमा अलग भएको हो।

प्रतिक्रिया