२०८३, १४ असार आईतवार
×

ट्रेन्डिङ

‘ओलीलाई सच्चिए मौका, नत्र भीरबाट लड्ने गोरुलाई राम राम’: माधव नेपाल

649 Shares
Spread the love

काठमाडौं, पुस १४ । नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीलाई सच्चिएर आउन दिनकै लागि केन्द्रीय कमिटीबाट निष्काशन नगरिएको बताउनुभएको छ ।

दाहाल–नेपाल समूहले राजधानीमा गरेको विरोध सभामा अध्यक्ष नेपालले सुध्रिनिहुन्छ कि भनेर केन्द्रीय सदस्य, पार्टी सदस्यबाट नहटाएको भन्दै नत्र ‘भीरबाट लड्ने गोरुलाई राम राम भन्नेसम्म हो, काँध थाप्न सकिन्न’ भन्नुभयो ।

ओलीलाई सुधार्न लागेकाहरुलाई उहाँले भन्नुभयो, ‘बालुवाटारको बालुवा पेल्दा तेल निकाल्न सक्नुभयो भने स्याबासी दिन्छु ।’

ओलीले गल्ती स्वीकारेर आएमा, असंवैधानिक कदमबाट पछि हटेर संसद पुनर्स्थापना गर्न तयार भएमा छलफल गर्न सकिे शर्त उहाँले सुनाउनुभयो ।

ओलीसँग कम्युनिष्टमा हुनुपर्ने गुण नै नभएको भन्दै नेपालले ‘निरंकुश केपी ओलीको आयु पुगेको’ उद्घोष गर्नुभयो ।

प्रतिक्रिया