२०८३, १४ असार आईतवार
×

ट्रेन्डिङ

एक नम्बर प्रदेश सरकारका मुख्यमन्त्री शेरधन राई विरुद्ध अविश्वासको प्रस्ताव दर्ता

2960 Shares
Spread the love

काठमाडौं। एक नम्बर प्रदेश सरकारका मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ। दुई समूहका विभाजित बनेपछि प्रचण्ड–माधव नेपाल समूह निकट नेताहरुले मुख्यमन्त्री राई विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका हुन्।

आफू विरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुने थाहा पाएपछि मुख्यमन्त्री राईले शनिबार अर्थमन्त्री इन्द्र आङ्बोलाई बर्खास्त गरेका थिए। बर्खास्तमा परेका आङ्बो प्रस्तावक र लक्ष्मण तिवारी समर्थक भएर मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको हो।

शुक्रबार बाग्मती सरकारका मुख्यमन्त्री डोरमणि पौडेल विरुद्ध प्रचण्ड–माधव नेपाल समूहले अविश्वासको प्रस्ताव गर्दा गराएको दुई दिनपछि एक नम्बर प्रदेश सरकारका मुख्यमन्त्री राई विरुद्ध अविश्वासको प्रस्ताव दर्र्ता हुन लागेपछि मुख्यमन्त्री राईले प्रदेशसभा बैठक बोलाएका छन्।

आइतबार विहान बसेको मन्त्रिपरिषद बैठकले माघ सात गते प्रदेशसभा बैठक बोलाउन प्रदेश प्रमुख सक्षम सिफारिस गरेको थियो।

प्रतिक्रिया