२०८३, १४ असार आईतवार
×

ट्रेन्डिङ

चुनावको भ्रममा नपरी स्पष्ट धारणा बनाएर प्रतिकारमा जानुपर्छ : नेता सिंह

1186 Shares
Spread the love

काठमाडौँ– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संसद विघटन गर्ने सरकारले तोकिएको समयमा चुनाव गर्ने कुनै ग्यारेन्टी नभएको बताएका छन् ।

कांग्रेसका पूर्व जिल्ला सभापति एवं पूर्व केन्द्रीय सदस्य श्यामलाल श्रेष्ठको १३ औ पुण्यतिथिमा काठमाडौंमा आयोजित कार्यक्रममा उनले संविधान विपरित संसद विघटन गर्ने सरकारले बैंशाखमा चुनाव गर्ने कुनै ग्यारेन्टी नभएको बताएका हुन ।

उनले प्रधानमन्त्रीले आफ्नो कुर्सी जोगाउन संविधान विपरित कार्य गरेको आरोप लगाए । नेता सिंहले संसद विघटन निर्णय गरेर ओलीले मुलुकमा कम्युनिस्ट शासन लाद्न खाजेको तर्क गरेका थिए ।

कार्यक्रममा नेता सिंहले संसद विघटनको विषयमा कांग्रेसले स्पष्ट धारणा बनाएर प्रतिकारमा जानुपर्ने सुझाव दिए ।

प्रतिक्रिया