२०८३, १४ असार आईतवार
×

ट्रेन्डिङ

ओलीलाई अनुशासनको कारबाही गर्न केन्द्रीय समिति बैठक बोलाइयो

1072 Shares
notext
Spread the love

काठमाडौँ ।  प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्न स्थायी समिति बैठकले प्रस्ताव गरेको छ । आइतबार बालुवाटारमा ओली बिनै बसेको स्थायी समिति बैठकले उनलाई अनुशासनको कारबाही गर्न प्रस्ताव केन्द्रीय समितिमा लैजाने निर्णय भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

देश, जनता र पार्टीको भविष्यलाई नै अन्धकारतिर धकेल्ने तथा संविधानलाई असफल पार्ने कुकृत गरी प्रधानमन्त्रीले गम्भीर विश्वासघात गरेको ठहर स्थायी समिति बैठकले गरेको छ ।

त्यस्तै  पूर्वसभामुख कृष्ण बहादुर महरालाई स्थायी समितिमा ल्याउने निर्णय पनि बैठकले गरेको छ ।

प्रतिक्रिया