२०८३, १४ असार आईतवार
×

ट्रेन्डिङ

अख्तियारमा प्रेम राईसहित संवैधानिक आयोगहरुमा ४५ जनाको नियुक्ति सिफारिस

964 Shares
Spread the love

काठमाडौं । प्रतिनिधिसभा विघटन भएलगत्तै संवैधानिक परिषद्को निर्णयबमोजिम विभिन्न संवैधानिक आयोगहरुमा नियुक्तिका लागि सिफारिस भएका ४५ जनाको नाम संसद सचिवालयमा पुगेको छ । संसदीय सुनुवाईका लागि उनीहरुको नाम पठाइएको हो ।

स्रोतका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा प्रेमकुमार राईको नाम सिफारिस भएको छ । त्यस्तै मानवअधिकार आयोगको अध्यक्षमा मिनवहादुर रायमाझीको नाम सिफारिस भएको स्रोतले जनाएको छ ।

प्रतिनिधिसभा विघटन भइसकेको अवस्थामा यसको सर्वोच्च अदालतबाट संवैधानिक निरुपण नभएसम्म सुनुवाई हुँदैन । ४५ दिनभित्र सुनुवाई नभए स्वतःः नियुक्त हुने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया