२०८३, १४ असार आईतवार
×

ट्रेन्डिङ

‘संसद विघटनको सिफारिस ओलीले जनमतलाई लत्याए’

1140 Shares
Spread the love

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले संसद विघटनका लागि गरिएको सिफारिसलाई ओलीले जनमतलाई लत्याएको प्रतिक्रिया दिएका छन् । आइतबार सामाजिक संजालमार्फत उनले संविधान र लोकतन्त्र रक्षाका लागि एक हुन आब्हान पनि गरेका छन् ।

उनले लेखेका छन् दुई तिहाईको सरकार यति ठूलो जनमत लाई लत्याएर संसद् विघटनको मोडमा छ। जनमतको योभन्दा ठूलो अपमान अर्को केही हुनै सक्दैन । स्थापना भएदेखि उदाङ्गिएको ओली सरकार अब पूर्णतः नाङ्गो भइसकेको छ।ओलीक्रेसीको प्रतिवाद गरौ देशलाई थप संकटमा जानबाट रोकौं।

आइतबार विहान मात्र प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको आकस्मिक बैठक डाकेर संसद विघटन गर्न सिफारिस गरेका थिए ।

प्रतिक्रिया