२०८३, १४ असार आईतवार
×

ट्रेन्डिङ

संसद विघटन सिफारिससँगै जनताले नेकपालाई दिएको मतको वैधता सकियोः गगन थापा

621 Shares
Spread the love

सत्तारुढ नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री ओलीले आफ्नो अहम्का लागि संसद विघटन सिफारिस गरेको टिप्पणी गरेका छन्।

सेतोपाटीसँगको कारकानीमा उनले व्यक्तिगत स्वार्थका लागि प्रधानमन्त्रीले संसद विघटनको सिफारिस गरेको बताए।

‘वैयक्तिक स्वार्थ र आफ्ना अहम्हरुको पुष्टिकरणका लागि प्रधानमन्त्रीले जुन संसद विघटन सिफारिस गर्नुभयो। यो संविधान समत छैन अलोकतान्त्रिक छ’, थापाले सेतोपाटीसँग भने, ‘ओलीको अहंकार, अयोग्यता र पुर्नपुष्टि मात्र भएको हो। उहाँले आफ्ना निम्ति जनु हदसम्म पनि जान सक्नुहुन्छ भन्ने हामीले लगाउने आरोप पुष्टि गर्नुभयो।’

थापाले ओलीले विशुद्ध आफ्न निम्ती संसद विघटन सिफारिस गरेको बताए।

‘आजको प्रकरण जसरी अवतरण होला। राष्ट्रपतिमा जे होला। नेकपा भन्ने जुन पार्टीले ५ वर्षको सरकार चलाउन पाएको म्याण्डेट पनि यो सिफारिस सँगै त्यो सकियो। प्रधानमन्त्रीले शासन गर्ने वैधता गुमाउनुभयो भन्दै आएका थियौँ। आजबाट नेकपाबाट शासन गर्ने बैधता गुमायो। भोली प्राविधिक रुपमा के होला थाहा छैन तर राजनीतिक रुपमा म्याण्डेट सकियो भन्ने निष्कर्ष हो।’

आइतबार प्रधानमन्त्रीको असंवैधानिक कदमपछि आफ्नो धारणा राख्दै नेता थापाले प्रधानमन्त्रीको पछिल्लो कदमले ३ वर्ष अगाडि जनताले नेकपालाई दिएको मतको वैधता सकिएको बताएका छन्।

प्रतिक्रिया