डिसी । आज सम्पन्न भएको ईलेक्ट्रोरल कलेज भोट( निर्वाचकिय मतदान)बाट जो बाईडेनले २७० मत प्राप्त गर्दै आधिकारिक रुपमा अमेरिकी राष्ट्रपति भएका छन ।
आधिकारिक रुपमा अमेरिकाका ५० वटै राज्यहरुले बाइडेनले जितेको भन्दै आधिकारिक रुपमा प्रमाणित गरेका छन । इलेक्टोरलहरुले मतदान गरे पछि आगामी जनवरी ६ ,२०२१ का दिन कंग्रेसले बाइडेन बिजयी भएको अनुमोदन गर्नु पर्ने छ । अनुमोदन भए पछि जनवरी २० का दिन बाइडेनले सपथ ग्रहण लिने छ ।
अमेरिकामा पराजित हुने उम्मेदवारले नतिजा घोषणा भए पछि हार स्वीकार गर्ने प्रचलन छ भने यस पटक ट्रम्पले अझ पनि हार स्वीकार गरेका छैनन । उनले बाइडेनको जितलाई स्वीकार नगरी चुनावमा धाधली भयो भन्दै २ दर्जन भन्दा मुद्धा तल्लो अदालतमा हालेका थिए तर सबै मुद्धाहरु अदालतले खारेज गरेको थियो ।
अन्तिम अवस्था सम्म ट्रम्पले नै मनोनित गरेका सर्वोच्च अदालतका ३ जना न्यायाधिशहरुले समेत ट्रम्पले हालेको मुद्धालाई अस्विकार गरे पछि ट्रम्पलाई ठूलो झट्का लागेको थियो । अमेरिकामा ज्यादा मत अर्थात लोकप्रिय मत बढी ल्याउदा पनि २०१६ मा यही ईलेक्ट्रोरल मतको कारण राष्ट्रपति डोनाल्ड ट्ट्रम्प सँग पराजित भएकी थिईन ।
चुनाव हार्नेले बिजयी हुनेलाई सिधै कुरै गरेर बधाई दिने समेत चलन छ । सन् २०१६ मा हिलारी क्लिन्टनले ट्रम्पलाई बधाई दिएकी थिइन् । उन्ले ट्म्प भन्दा ३० लाख बढी मत ल्याएता पनि ३०२ ल्याएउन सफल भएका छन । बाइडेनलाई राष्ट्रपति बन्न जुटाउनु पर्ने २७० निर्वाचकीय मत प्राप्त गर्नु पर्ने रहकोले उन्ले ३०२ मत प्राप्त गर्दै अव उनि ह्वाईट हाउसमा जाने पक्का भएको छ । बाइडेनआजै साँझमा सम्बोधन गर्ने बुझिएको छ ।