नेपाली बजारमा सोमवार सुनको मूल्यमा गिरावट आएको छ ।
सोमवार छापावाल सुनको मूल्य प्रति तोला ९२ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन यस्तो सुन प्रति तोला ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस दिन तेजाबी सुन प्रति तोला ९२ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन यस्तो सुन प्रति तोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार, सोमवार चाँदी प्रति तोला १ हजार २ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन भने चाँदी प्रति तोला १ हजार २ सय १० रुपैयाँमा कारोबार भएको थियो ।
नेपालसंसारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने [email protected] सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।