२०८३, १३ असार शनिबार
×

ट्रेन्डिङ

गोकर्णेश्वरमा प्रचण्ड-माधव नेपाल पक्षको भेला

4944 Shares
Spread the love

काठमाडौं , काठमाडौंको गोकर्णेश्वरमा प्रचण्ड-माधव नेपाल पक्षको भेला भएको छ।

गोकर्णेश्वर आत्तरखेलको सुनगाभा पार्टी प्यालेसमा भएको सो भेलामा काठमाडौं क्षेत्र नं ३ का प्रचण्ड -माधव नेपाल पक्षका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो।

नेकपा स्थायी कमिटी सदस्य अस्टलक्ष्मी शाक्य,केन्द्रीय सदस्य विश्वनाथ प्याकुरेल,जीवन राम श्रेष्ठ,सुरेन्द्र मानन्धर ,नेकपा बागमती प्रदेस कमिटी अध्यक्ष नारायण दाहाल लगायतका नेताहरुको उपस्थितिमा भएको सो भेलामा नेकपामा देखिएको समस्या र घटनाक्रमहरुका वारेमा प्रशिक्षण दिइएको भेलाका एक सहभागीले बताए।

उक्त भेलामा  काठमाडौं जिल्ला कमिटी सदस्यहरु महेश्वर फुयाल,टि आर नेपाल ,तुलसी पौडेल,निरज लामा, छिरिङ दोर्जे लामा ,सुशिला पौडेल ,रेणु कार्की ,पेमा छिरी शेर्पा ,निरज लामा,उद्दव खडका र विमल अर्यालको उपस्थिति रहेको थियो।

पछिल्लो समय नेकपामा विवाद देखिए संगै नेता पक्षधर भेलाहरु आयोजना गर्ने क्रम बढेको समयमा भएको उक्त भेलामा सरकार र पार्टीका वारेमा छलफल गरिएको भेलामा सहभागी एक जिल्ला सदस्यले बताएका छन।

प्रतिक्रिया