२०८३, २७ बैशाख आईतवार
×

ट्रेन्डिङ

नेपाल पर्वतारोहण संघलाई सिद्धार्थ बैंकको आर्थिक सहयोग

1535 Shares
Spread the love

काठमाडौँ– सिद्धार्थ बैंक लिमिटेडले बिहीबार काठमाडौँको नक्सालस्थित नेपाल पर्वतारोहण संघलाई एक लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।

सो रकम बैंकका तर्फबाट नायव प्रबन्धक भ्याली रिर्सोसेस अपर्णा गिरीले नेपाल पर्वतारोहण संघका प्रमुख कार्यकारी अधिकृत कुल प्रसाद राईलाई हस्तान्तरण गरेकी हुन्।

उक्त रकम नेपाल पर्वतारोहण संघले नेपाल पर्वतीय पर्यटन प्रवर्द्धनको कार्य क्षेत्रमा खटिँदा आकस्मिक दुर्घटनामा परी निधन भएका आरोहीका बालबालिकालाई शैक्षिक छात्रवृत्ति प्रदान गर्नका लागि उपयोग गर्नेछ।

सो रकम सहयोगबाट निधन भएका पर्वत आरोहीका २० जना बालबालिकाहरुलाई शैक्षिक छात्रवृत्ति प्रदान हुने र बालबालिकाहरुको शिक्षामा केही हदसम्म भएपनि उत्थान पुग्ने विश्वास बैंकले लिएको छ।

प्रतिक्रिया