२०८३, १३ असार शनिबार
×

ट्रेन्डिङ

हिमाली जिल्ला सोलुमा ट्रेड युनियन कांग्रेस सक्रिय हुँदै

916 Shares
Spread the love

सल्लेरी । प्रदेश १ को उच्च हिमाली जिल्ला सोलुखुम्बुमा नेपाल ट्रेड युनियन कांग्रेस सक्रिय हुन थालेका छन् ।

भौगोलिक विकटता र प्रतिकुल मौसमका कारण सोचे अनुसारको संगठनिक गतिविधि संचालन गर्न नसकिरहेको सोलुमा सोमबार केन्द्रीय सदस्य कुल बहादुर खड्काको उपस्थितिमा जिल्ला समितिले एक अन्तरक्रिया कार्यक्रम एवं बैठक गरि आगामी कार्यक्रमहरुकोबारे छलफल गरेका छन् ।

केन्द्रीय सदस्य खड्काका अनुसार बैठकले तत्काल जिल्लाको सबै स्थानीय तहहरुमा ट्रेड युनियन गठन गर्ने,सम्भावित आबद्ध संघहरु गठन गर्ने, श्रमिकको मुद्दाहरूमा सक्रिय काम गर्ने र प्रशिक्षण कार्यक्रम संचालन गर्नेबारे छलफल भएको जानकारी दिनु भयो ।

कार्यक्रममा सोलु कांग्रेसका जिल्ला सहसचिव कुशराज राई, नेविसंघ जिल्ला अध्यक्ष अश्विनबाबु थापाले श्रमिकको जुनसुकै मुद्दामा सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

ट्रेड युनियन कांग्रेस सोलुका उपाध्यक्ष भोगेन्द्र खनालको अध्यक्षता भएको उक्त कार्यक्रममा ट्रेड युनियन कांग्रेस जिल्ला समितिका पदाधिकारीहरु , नेपाल बित्तीय संस्था कर्मचारी संघ, नेपाल शिक्षक संघ,नेपाल स्वास्थ्यकर्मि संघ, नेपाल ब्यापार तथा सम्बद्ध श्रमिक संघ नेपाल पर्यटन तथा होटेल सम्बद्ध श्रमिक संघ, यातायात श्रमिक संघका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया