ओलीको जवाफलाई प्रचण्डले अफवाहको संज्ञा दिएका थिए । ओलीले दोस्रो केन्द्रीय कमिटीको बैठकले गरेका निर्णय नमानेपछि पार्टीमा समस्या सिर्जना भएको भन्दै त्यसलाई सच्याउनुको विकल्प नभएको प्रचण्डको भनाइ थियो ।
‘प्रचण्ड’ले ओलीमा अझै कमजोरी महसुस गरेर आत्मालोचनासहित पार्टीलाई अघि बढाउने भाव नदेखिएको समेत बताएका थिए ।
प्रधानमन्त्री ओलीको एक घन्टा लामो मन्तव्यपछि शनिबारको सचिवालय बैठकमा छोटो सम्बोधन गरेका प्रचण्डले त्यस्तो बताएको ती केन्द्रीय सदस्यले भने ।
यद्यपि, ओलीका तर्फबाट जवाफी प्रस्ताव आउनुलाई आफूले सकारात्मक रूपमै लिएको बताउँदै प्रचण्डले दुवै प्रस्तावमाथि सही ढंगले छलफल गरिए पार्टी एकतालाई अझ मजबुद बनाउन सकिने विश्वास व्यक्त गरेका थिए ।
