२०८३, १३ असार शनिबार
×

ट्रेन्डिङ

ओलीसँग सत्ता साझेदारी काँग्रेसका लागि आत्महत्या गरे जस्तै : केसी

41446 Shares
Spread the love

काठमाडौं। काँग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओलीबीच गोप्य छलफल भएको चर्चाले नेपाली काँग्रेसका नेताहरु तरंगित बनेका छन्। नेकपामा विवाद उत्कर्षमा पुगेका बेला भएको यो भेटमा प्रधानमन्त्री ओलीले सत्ता साझेदारीका लागि प्रस्ताव गरेको चर्चा काँग्रेस वृत्तमा छ।

काँग्रेस वृत्तमा यसरी चर्चा शरु भएपछि प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीट गर्दै काँग्रेस सरकारमा नजाने स्पष्ट पारेका छन्। तर, ओली र देउवाबीच भेट भएको वा नभएको विषयमा भने स्पष्ट उल्लेख गरेका छैन।

प्रवक्ता शर्माको ट्वीटपछि काँग्रेसका पूर्व प्रवक्ता नेता अर्जुननरसिंह केसीले ट्वीट गरेका छन्।

उनले ट्वीट गर्दै ओलीसँग काँग्रेसले सत्ता साझेदारी गरे त्यो काँग्रेसका लागि आत्महत्या गरे जस्तै हुने बताएका छन्। उनले लेखेका छन्, ‘प्रम ओलीले नेकासँग सयुक्त सरकारको प्रस्ताव राखेको हल्ला छ। स्थिरता, समृद्धि र स्वर्ग लाने भ्रम छरेर आएको, भ्रष्टाचारमा चुर्लुम्म डुबेकासंग, फोहोरको भारी बोक्न यसमा संलग्न हुनु वा सत्तामा जाने हतार गर्नु नेकाँको निम्ति आत्महत्या हुने छ। उनीहरू टुटुन,फुटुन वा जुटुन यो उनकै समस्या हो।’

प्रतिक्रिया