२०८३, १३ असार शनिबार
×

ट्रेन्डिङ

चितवनमा आफ्नै पार्टीका कार्यकर्ताबाट लखेटिए पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे

5025 Shares
Spread the love

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेलाई आफ्नै कार्यकर्ताले लखेटेका छन् ।

चितवन क्षेत्र नं. १ बाट नेकपाका प्रतिनिधिसभा सादस्य समेत रहेका आफ्नै निर्वाचज क्षेत्रका जनताले खलेटेका छन् । पाण्डेले हिजोदेखी नै पार्टी कमिटीलाई नगर तथा निर्वाचन क्षेत्रमा पार्टी कार्यकर्तालाई भेला गराईदिन आग्रह गरेको अनुसार आज पार्टी कमिटीले आयोजना गरेको थियो ।

विरेन्द्र नगर आफ्नै निवास छेउमा राप्ती नगरपालिका कमिटीले आयोजना गरेको कार्यक्रममा पाण्डेलाई आफ्नै कार्यकर्ताले आज लखेटेका हुन् । विकास निर्माण तथा संसद विकास कोषको विषयमा छलफल गर्ने भनि भनेको तर विकास निर्माणको एक शब्द पनि उल्लेख नगरी पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली विरुद्ध अनौतिक शब्दहरु प्रयोग गरेकाले कार्यकर्ताले लखेटेका हुन् ।

पाण्डेले प्रधानमन्त्री केपी ओलीविरुद्ध अनावश्यक आक्षेपहरु समेत लगाएको एक कार्यकर्ताले भन्दै कार्यकर्ताले कार्यक्रम स्थलबाट बोल्नै नदिई लखेटेका हुन् । मदन भण्डारीलाई चिनजान गराईदिने, राधिका शाक्यसँग विवाह समेत आफैले गराईदिएको, सत्ताको दुरुपयोग, भ्रष्टाचार, अनियमितता गरेकोलगायतका तथ्यहिन आरोपमात्र नभई लज्जास्पद अभिव्यक्तिसमेत दिई जनता तथा कार्यकर्तालाई झुटा कुरा बोलेकाले पाण्डेलाई लखेट्न बाध्य भएको कार्यकर्ताको बताए ।

आफ्नै पार्टीका अध्यक्ष तथा प्रधानमन्त्रीविरुद्ध बेइज्यतमात्र नगरी जनतालाई भ्रमको खेती गरेको समेत कार्यकर्ताले आरोप लगाएका छन् । आफ्नो क्षेत्रमा विकासको नेतृत्व समेत गर्न नसक्ने पार्टीभित्रै गुट तथा उपगुटको नेतृत्व गरी पार्टीलाई विभाजनको अस्थामा पुर्याउन पाण्डेको महत्वपूर्ण भूमिका रहेको भन्दै कार्यकर्ताले लखेटेको नाम गोप्य रोख्ने सर्तमा एक सहभागि कार्यकर्ताले जानकारी दिए ।

ति सहभागि कार्यकर्ताले भने, ‘सुरेन्द्र पाण्डेले विकास आयोजन तथा निर्वाचन क्षेत्रविकास कोष ९सांसद विकास कोष०को बारेमा पार्टी कार्यकर्तासँग छलफल गर्नुछ भनि पार्टी कमिटीलाई कार्यक्रम आयोजना गर्न लगाउनुभयो । त्यसपश्चात कमिटीले कार्यक्रम आयोजना गर्यो । कार्यक्रममा विकास आयोजनाको कुनै प्रशंग नै चलाउनुभएन । चलाउनुभयो त केवल पार्टीभित्रको गुट र उपगुटको । प्रधानमन्त्रीलाई गाली वेइजत गर्नुभयो । संगिन आरोपहरु लगाउनुभयो । उहाँको प्रस्तुतीलाई सुन्ने हो भने पार्टीमा सवैथोक आफु मात्र र आफु रहेको गुटमात्र राम्रो, अरु सवै गलत र विश्वासघाती जस्ता शब्दहरु प्रयोग गर्नुभयो । नेता पाण्डे विकासको लागि नभई जनता तथा कार्यकर्तालाई भड्काउन आउनुभएको रहेछ । तर हामी सच्चा कार्यकर्ताले उहाँलाई नै भड्काएर एकता विरोधी तथा पार्टी अध्यक्षलाई संगिन आरोप लगाउनेलाई सम्झाएर लखेटेका हौं ।’

विगत केही समय अघिदेखी काठमाडौँमा रहँदा समेत पार्टी एकताको पक्षमा नभई विभाजको संघरमा पुर्याउने प्रकारका अभिव्यक्ति दिइरहेका कार्यकर्ताले कार्यक्रममा अपशब्द बोलेपछि नेता पाण्डेलाई बोल्न नदिई लखेटेका हुन् । नेता पाण्डे आफ्नै पार्टीका कार्यकर्ताबाट आफ्नै निर्वाचन क्षेत्रमा लखेटेपछी उनी हाल कहाँ रहेका छन् भन्ने जानकारी भएको छैन ।

प्रतिक्रिया