२०८३, १३ असार शनिबार
×

ट्रेन्डिङ

ओलीले जनअदालतमा उभिएर ‘प्रचण्ड’को प्रस्तावको उत्तर दिनुपर्छ : नेविसंघ पूर्व अध्यक्ष महर

3726 Shares
Spread the love

काठमाडौं- नेपाली कांग्रेसका नेता नैनसिंह महरले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको राजनीतिक प्रस्तावको प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको अदालतमा उभिएर स्पष्ट जवाफ दिनुपर्ने बताएका छन्।

कांग्रेस महासमिति सदस्य एवं नेविसंघका पूर्व अध्यक्षसमेत रहेका नेता महरले पोखरा विमानस्थलमा सञ्चारकर्मीहरूसँग बोल्दै ‘ओली प्रवृत्ति’ राष्ट्र र स्वयं नेकपाकै लागि घातक भएको बताए ।

‘नेकपाले बालुवाटार र सितल निवासलाई पार्टी कार्यालय जस्तै बनाएको छ। राष्ट्रपति पनि नेकपाको कार्यकर्ता जस्तो देखिनु भएको छ। जसले पदीय मर्यादामाथि नै प्रश्न उठिरहेको छ’, नेता महरले भने, ‘उहाँलाई म पदीय मर्यादा कायम राख्न आग्रह गर्छु।’

उनले नेकपालाई चीन र भारतले चलाइरहेको योजना र लक्ष्य विहीन पार्टी भएको आरोप लगाए ।

चिनियाँ राजदूतको सक्रियता र क्रियाकला, भारतीय ‘र’ प्रमुखको क्रियाकलापले पनि सरकारको तालाचावी बाहिरै रहेको प्रस्ट भएको नेता महरको आरोप छ। उनले सरकारलाई देश र जनतामाथि गद्दारी नगर्न आग्रह गरे ।

‘कम्युनिस्ट सरकार कोरोना महामारी महामारी नियन्त्रणमा चुकिसकेको छ। मल नपाएर छटपटाइरहेका किसानमा खेतमा देखिन छोडिसकेको छ’, उनले भने, ‘सरकार अहिले चिनियाँ दुतावा, सितल निवास तिर मात्रै झुल्किने गरेको छ। जसले देश र जनतालाई घातक मोडमा लैजाने छ।’

उनले पार्टीभित्रैबाट चर्को विरोध हुँदा पनि कुर्सीमा टासिरहनुले ओलीकै लागि लज्जाको विषय भएको तर्क गरेका थिए ।

प्रतिक्रिया