996
Shares
काठमाडौं। सत्तारुढ दल नेकपामा विवाद चर्किरहेका बेला प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले बुधबारका लागि आकस्मिक मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। बुधबार एक बजेका लागि आकस्मिक बैठक बोलाइएको एकमन्त्रीले जानकारी दिए।
बुधबार एक बजे नै पार्टी सचिवालय बैठक तय भएको छ। एकाएक प्रधानमन्त्रीले आकस्मिक बैठक बोलाउनुलाई अर्थपूर्ण मानिएको छ। यसअघि प्रधानमन्त्री ओली र चिनियाँ राजदूत हाउ यान्छीले मंगलबार राति भेट भएको थियो।