२०८३, १३ असार शनिबार
×

ट्रेन्डिङ

कोरोनाको खोप ल्याउने सन्दर्भमा डा. भट्टराईले लेखे : सरकार ‘कानमा तेल हालेर’ नसुतोस् !

1018 Shares
Spread the love

काठमाडौं- पूर्व प्रधानमन्त्री एवं समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले कोरोनाभाइरसविरुद्ध विकास भइरहेका खोप अंग्रेजी नयाँ वर्षको शुरूमै आउने चर्चा भैरहेको सन्दर्भमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

मंगलबार सामाजिक सञ्जाल ट्वीटरमा सन्देश लेख्दै भट्टराईले मोडेर्ना, फाइजरलगायत कम्पनीले विकास गरेका खोप एक/डेढ महिनामै आउने भन्दै सरकारलाई कानमा तेल हालेर नबस्न सुझाव दिएका हुन् ।

‘​कोरोनाविरूद्धको खोप मोडेर्ना, फाइजर लगायत कम्पनी र रूस,चीन लगायत देशले परीक्षण/विकास गरिरहेको र इस्वी नयाँ वर्ष सँगसँगै बजारमा आइसक्ने चर्चा भैरहँदा हाम्रो सरकार पहिलेझैँ कानमा तेल हालेर नसुतोस्! शुरूमा धनी देशले ओगट्ने हुँदा गरीब देशले WHO मार्फत लिने कि? मु..सक्यो दैलो देख्यो नहोस् !’

कोरोनाविरुद्ध परीक्षणमा रहेका खोप आगामी पुसभित्रै आउने चर्चा छ ।

प्रतिक्रिया