२०८३, १३ असार शनिबार
×

ट्रेन्डिङ

नेपालको नामबाट ‘संघीय लोकतान्त्रिक गणतन्त्र’ हटाउनु ठिक हो : कमल थापा

1494 Shares
Spread the love

काठमाडौं। सरकारले नेपालको नाम ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’बाट ‘नेपाल’ मात्र राख्ने निर्णय गरेकोमा केहीले आलोचना गरिरहेका बेला राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले भने सो निर्णय ठिक भएको बताएका छन्।

देश संघीयतामा गएपछि नेपालको मौजुदा संविधानमा नेपालको नाम ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ भए पनि सरकारले भने ‘संघीय लोकतान्त्रिक गणतन्त्र’ हटाउन परिपत्र गरेको छ।

कमल थापाले ट्वीट गर्दै नेपालको नाममा कुनै विशेषण जोड्नु आवश्यक नभएको तर्क गरेका छन्। उनले लेखेका छन्, ‘संघियता/गणतन्त्रको विपक्षमा रहेको कारणले भनेको होईन, प्राचिनकालदेखि हाम्रो देशको नाम ‘नेपाल’ हो। नामको अगाडि बिशेषण जोड्नु आबश्यक थिएन। सरकारको निर्णय ठीक छ। नाम अगाडि रहेका बिशेषण हटाउँदा षडयन्त्र भएको ठान्नेहरूको मनस्थितिबाट प्रष्ट हुन्छ – ति मान्यता कति कमजोर धरातलमा खडा गरिएको रहेछ।’

प्रतिक्रिया