२०८३, १३ असार शनिबार
×

ट्रेन्डिङ

समाजबादी गलैंचा श्रमिक संगठनद्वारा कानूनी मान्यता प्राप्त

13622 Shares
Spread the love

काठमाडौं । समाजबादी ट्रेड युनियन महासंघको पेशागत संगठन समाजबादी गलैंचा श्रमिक संगठनले आधिकारिक कानूनी मान्यता प्राप्त गरेको छ ।

जोरपाटीको रोयल कार्पेटमा सम्पन्न एक कार्यक्रममा सो संगठनले नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको श्रम तथा ब्यबसायजन्य सुरक्षा बिभागबाट प्राप्त प्रमाणपत्र सार्वजनिक गरेको हो ।

प्रमुख अतीथि समाजबादी ट्रेड युनियन महासंघ का अध्यक्ष तथा जसपाका केन्द्रीय सद्स्य लालधोज नेम्बाङले सो बिभागबाट प्राप्त प्रमाणपत्र सार्बजनिक गर्दै अब यस समाजबादी गलैंचा श्रमिक संघ ले कानूनी मान्यता पायसंगै संगठन गर्न थप सजिलो हुने र यस संगठनले नै समग्र गलैंचा क्षेत्रका श्रमिकहरुको नेतृत्व गर्न सफलहुनेमा आफू बिस्वस्त रहेको बताय ।

विशेष अतिथी महासंघका उपाध्यक्ष तथा जसपा केन्द्रिय सदस्य अर्जुन लम्सालले समाजबादी गलैंचा श्रमिक संघ समाजबादी ट्रेड युनियन महासंघको मुख्य घटक भएकोले यस क्षेत्र का श्रमिकहरुको पक्षमा जिम्मेवारीपुर्बक काम गर्न निर्देशन दिदै महासंघ जस्तोसुकै सहयोग गर्न तयार रहेको बताए ।

समाजबादी गलैंचा श्रमिक संघका अध्यक्ष सुरेश मोक्तानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गलैंचा श्रमिकका नेताहरु बिजय लामा ,अशोक तामाङ ,सुकमान मोक्तान लगायतको उपस्थिति रहेको थियो भने सन्चालन महासचिव गोविन्द तामाङले गर्नुभएको थियोे ।

प्रतिक्रिया