प्रतिबन्धका बाबजुद संक्रमण दर ह्वात्तै बढेको छ । युरोपेली मुलुकहरूमा मात्रै पछिल्लो २४ घण्टामा २ लाख ३१ हजार ३९६ जनामा संक्रमण पुष्टि भएको छ ।
यसमध्ये सबैभन्दा धेरै फ्रान्समा मात्रै पछिल्लो २४ घण्टामा ४२ हजार ३२ जनामा संक्रमण भएको छ । योसँगै फ्रान्समा कोरोना संक्रमितको संख्या १० लाख नाघेको छ ।
वर्ल्डो मिटर्सका अनुसार पछिल्लो २४ घण्टामा बेलायमा २० हजार, स्पेन र इटालीमा १९/१९ हजार जनामा संक्रमण देखिएको छ ।



