987
Shares
काठमाडौं। सरकारले कोरोना संक्रमितको निःशुल्क उपचार नगर्ने निर्णय गर्नु अनुचित रहेको नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले बताएका छन्।
सत्तारुढ दलका नेता पूर्व प्रधानमन्त्री नेपालले संकटका बेला सरकारले अभिभावकको जिम्मेवारी पूरा गर्नुपर्नेमा उपचार निःशुल्क निर्णय गर्नु अनुचित भएको बताएका छन्।
एक विज्ञप्ति जारी गर्दै नेता नेपालले सरकारको निर्णयका कारण कोरोना संक्रमितहरुको अस्पतालहरुले उपचार नगरेको भन्दै विरामी झन मारमा परेको बताएका छन्। सरकारको यो निर्णयको चौतर्फी आलोचना भइरहेको छ।