२०८३, १३ असार शनिबार
×

ट्रेन्डिङ

दशैँको मुखमा कोरोना पिडितहरुलाई कांग्रेस नेता भण्डारीको आर्थिक सहयोग

1073 Shares
Spread the love

लण्डन । कांग्रेस नेता भण्डारी हरिबोल भण्डारीले आफ्नो निर्वाचन क्षेत्र काठमाडौँ ३ कोरोना महामारीको समयमा परेकाहरुलाई क्षेत्रका सबै वडाहरुलाई ९ लाख ७५ हजार रुपैया राहात रकम वितरण गरेका छन् ।

काठमाडौँ निर्वाचन क्षेत्र नं ३ का १३ वटै वडा भित्र रहेका बिपन्न परिवारलाई छनोट गरि रकम प्रति वडा ७५ हजार रुपैयाका दरले उक्त रकम वितरण गरेका छन्।

सोमबार आयोजित एक कार्यक्रममा क्षेत्रीय सभापति सन्तोष चालिसे लगायात क्षेत्रका पदाधिकारीहरुको भेलाले कांग्रेस वडाका इकाई सभापति मार्फत सो राहत हस्तान्तरण गरिएको हो ।

भण्डारीले अहिले कोभिडका कारण अप्ठ्यारोमा परेका विपन्न व्यक्तिहरुलाई दशैमा सानो भएपनि सहयोग पुगोस् भनेर उक्त रकम वितरण गरेका हुन् । ‘दशैका मुखमा मेरो निर्वाचन क्षेत्रका विपन्न परिवारलाई सानो भए पनि राहत पुगोस भनेर १३ वटै वडालाई ७५ हजार रुपैयाका दरले सहयो गरेको हुँ’, भण्डारीले काठमाडौं प्रेससँग भने।

अमेरिका बस्दै आएका भण्डारी सोही क्षेत्रका कांग्रेस महासमिचि सदस्य पनि हुन् । नेपा तरुण दलका पूर्वकेन्द्रिय सदस्य समेत रहेका भण्डारी अमेरिका बसेर पनि नेपालमा हुने सबै खालका विपत्तीका सहयोग गर्दै आएका छन्। उनले भूकम्पको चपेटामा परेका बेला विभिन्न क्षेत्रमा ठूलो रकम सहयोग गरेका थिए।

भण्डारीले अमेरिकाबाट पठाएको राहत वितरण कार्यक्रममा क्षेत्रीय सभापति तथा गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसे, जिल्ला कोषाध्यक्ष गोबिन्द पुडाशैनी, प्रदेश सभा सदस्य छिरिंग दोर्जे लामा महाधिवेशन प्रतिनिधि दिपक रिसाल, दुर्गा बराल, राजु सुनार लगायतको सहभागि थिए ।

प्रतिक्रिया