२०८३, ७ आश्विन बुधबार
×

ट्रेन्डिङ

थप ३१६७ जनामा कोरोना पुष्टि, १८ सय डिस्चार्ज

1056 Shares
Spread the love

काठमाडौं । शनिबार देशभर ३ हजार १६७ जना कोरोनाका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत कोरोनाका ३ हजार १६७ संक्रमित थपिएको जानकारी दिए। नेपालभर कोरोनाबाट संक्रमित हुनेको संख्या एक लाख २९ हजार ३०४  पुगेको छ।

हालसम्म ८९ हजार ८४० जना डिस्चार्ज भएका छन् भने गत २४ घण्टामा १ हजार ८ सय जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म सक्रिय संक्रमितको संख्या ३८ हजार ७३७ रहेको छ।

यस्तै आज काठमाडौं उपत्यकामा १ हजार ७४६ जना संक्रमित थपिएका छन्। मन्त्रालयका अनुसार आज काठमाडौंमा एक हजार ४५१ , ललितपुरमा १५२ र भक्तपुरमा १४३ जना नयाँ संक्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा १२ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७२७ पुगेको छ। गत २४ घण्टामा १५ हजार ४३८ जनाको पीसीआर विधिबाट कोरोनाको परीक्षण गरिएको मन्त्रालयले जनाएको छ। यस्तै ४ हजार ७१५ जना क्वारेन्टिनमा रहेका छन्।

प्रतिक्रिया