२०८३, १३ असार शनिबार
×

ट्रेन्डिङ

ओलीले बालुवाटार बोलाउँदा गएनन् प्रचण्ड

2014 Shares
notext
Spread the love

काठमाडौँ– कर्णाली प्रदेशको विवादका विषयमा प्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले बालुवाटरमा नेताहरुसँग छलफल गरिरहेका छन् ।

छलफलका लागि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, नेकपाका सहइन्चार्ज यामलाल कँडेल, निलम्बित प्रमुख सचेतक गुलावजङ्ग शाहलगायतका नेता बालुवाटारमा पुगेका छन् ।

तर पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने बालुवाटार गएका छैनन् । उनले प्रधानमन्त्री ओलीले यसविषयमा छलफल गरेपछि संयुक्त छलफलमा बस्ने भन्दै प्रचण्ड बालुवाटार नगएको प्रचण्डको सचिवालयले जनाएको छ । प्रचण्डले कर्णालीको विवादका विषयमा यसअघि नै नेताहरुसँग छलफल गरेका छन् ।

मुख्यमन्त्री शाहीविरुद्ध कँडेलको नेतृत्वमा अविश्वसको प्रस्ताव आएपछि प्रदेशमा विवाद चुलिएको थियो। गत आइतबार १८ जना सांसदहरुले शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए।

त्यसपछि ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उनीहरुलाई बिहीबार छलफल गर्नेगरी मंगलबार काठमाडौं बोलाएका थिए। तर, अझैसम्म पनि संयुक्त रुपमा छलफल हुन सकेको छैन।

प्रतिक्रिया