२०८३, ७ आश्विन बुधबार
×

ट्रेन्डिङ

काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा २,२८३ जनामा कोरोना संक्रमण

1783 Shares
Spread the love

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या निरन्तर थपिएको छ । पछिल्लो २४ घन्टामा उपत्यकामा तीन जिल्लामा २ हजार २ सय ८३ जनामा कोरोना संक्रमण भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा काठमाडौंमा १ हजार ८ सय ८८ जना, भक्तपुरमा १ सय १८ जना र ललितपुरमा २ सय ७७ जनासहित पछिल्लो २४ घन्टामा उपत्यकामा २ हजार २ सय ८३ जनामा कोरोना भाइरस संक्रमण भएको छ ।

प्रतिक्रिया