२०८३, १३ असार शनिबार
×

ट्रेन्डिङ

यी हुन् ह्वीप उल्लंघन गर्ने काँग्रेसका प्रदेशसभा सदस्य

1322 Shares
Spread the love

काठमाडौं। प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङ बनाउने प्रस्तावमा प्रदेश सभामा मतदान हुँदा काँग्रेसले सरकारको प्रस्तावको विपक्षमा मतदान गर्न आफ्ना प्रदेश सभा सदस्यहरुलाई ह्वीप जारी गरेको थियो। प्रदेश सभामा काँग्रेसका १८ जना सदस्य छन्।

तर मंगलबार भएको मतदानमा सबै सदस्यहरुले पार्टीको ह्वीपअनुसार विपक्षमा मतदान गरेनन्। उनीहरुले सरकारको प्रस्ताव अनुसारको भालुवाङको पक्षमा मतदान गरे। केही प्रदेश सभा सदस्यले पार्टीको ह्वीप उल्लंघन गरे।

काँग्रेसका ५ जना प्रदेशसभा सदस्यहरुले ह्वीप उल्लंघन गरेको हो। बर्दियाका सांसद भुवनेश्वर चौधरी, बाँकेका मोहम्मद याकुव अन्सारी, दाङका सांसदत्रय शंकर गिरी, डिल्ली चौधरी र अर्जुन श्रेष्ठले ह्वीप उल्लंघन गरेका हुन्। बाँकेका सांसद सुरेन्द्र हमाल भने बैठकमा अनुपस्थित थिए।

प्रतिक्रिया