२०८३, १३ असार शनिबार
×

ट्रेन्डिङ

दाङमा राजधानी सार्ने प्रस्तावको विपक्षमा मतदान गर्न कांग्रेसको ह्वीप

2256 Shares
Spread the love

काठमाडौं। पाँच नम्बर प्रदेशको राजधानी दाङको भालुवाङ सार्ने प्रस्तावको विपक्षमा मतदान गर्न प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आफ्ना सांसदलाई ह्वीप जारी गरेको छ। मंगलबार (आज) प्रदेश सभा बैठकमा प्रदेशको राजधानी र नामका विषयमा मतदान हुँदैछ।

कांग्रेसले प्रदेश राजधानी दाङ सार्ने निर्णय विरुद्ध आन्दोलन गर्दै आएको छ। सोमबार बसेको प्रदेशभा बैठकमा कांग्रेस सांसदहरुले कोर्ची तोडफोडसमेत गरेका थिए।

काग्रेसले विधि र प्रक्रिया मिचेर दलले संवैधानिक मर्ममाथि हस्तक्षेप गरेको आरोप लगाउँदै आएको छ। सत्तारुढ दल नेकपाले पाँच नम्बर प्रदेशको नाम लुम्बिनी र राजधानी दाङको भालुवाङ राख्ने निर्णय गरेको थियो।

८७ सदस्यीय प्रदेशसभामा नेकपाका ६१ सांसद छन्। प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका १९ सांसद छन्। जनता समाजवादी पार्टीका ६ जना र राष्ट्रिय जनमोर्चाका १ जना सांसद छन्। नाम र राजधानी तोक्ने दुई तिहाइ बहुमत आवश्यक पर्छ। जुन संख्या सत्तारुढ दलसँग छ।

यसअघि सोमबार नेकपाले प्रदेश पाँचको राजधानी दाङको भालुवाङ सार्ने प्रस्तावको पक्षमा अनिवार्य मतदान गर्न ह्वीप जारी गरेको थियो।

प्रतिक्रिया