बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले आगामी दिनमा कोरोना भाइरसको संक्रमण आफूहरुको क्षमता भन्दा बढी रफ्तारमा वृद्धि हुने खतरा औंल्याउनु भएको छ ।
कोभिड–१९ विरुद्ध जित हासिल हुनेमा आशा कायम राख्न नागरिकले बिना डर तर बुद्धिमत्तापूर्ण कार्य गर्नुपर्ने उहाँको अपिल थियो ।
बीबीसी टेलिभिजनसँगको अन्तर्वार्तामा प्रधानमन्त्री जोन्सनले सरकारले नागरिकको जीवन रक्षाका साथै अर्थतन्त्र संरक्षणका लागि पनि सन्तुलित कदम चालेको दाबी गर्नुभयो ।
अहिलेका लागि संक्रमित भएकाहरुलाई शीघ्र संक्रमणमुक्त तुल्याउने र महाव्याधिबाट आक्रान्तहरुलाई सक्दो र यथाशक्य सामान्य जनजीवनतर्फ डोर्याउने नै सरकारको मुख्य प्राथमिकता भएको उहाँले बताउनुभयो ।
बेलायतमा आइतबार एकैदिन १० हजार भन्दा बढी कोरोना संक्रमित थपिएको केही घण्टामै प्रधानमन्त्री जोन्सनको यस्तो भनाइ सार्वजनिक भएको हो । बेलायतमा अहिले कोरोनाको परीक्षण जनस्तरमै हुन थालेको छ ।