२०८३, १३ असार शनिबार
×

ट्रेन्डिङ

प्रदेश ५ को राजधानी सार्ने निर्णयविरूद्ध कांग्रेसले आन्दोलन गर्ने

983 Shares
Spread the love

प्रदेश नम्बर ५ को सरकारले राजधानी बुटवलबाट दाङ देउखुरी सार्ने प्रस्ताव संसदमा दर्ता गरेपछि नेपाली कांग्रेसले विरोध गरेको छ।

कांग्रेस रूपन्देहीका सभापति अब्दुल रज्जाकले शुक्रबार विज्ञप्ति निकालेर सरकारको प्रस्तावविरूद्ध कडा आन्दोलन सञ्चालन गर्ने बताएका हुन्।

‘संसदीय मर्यादाविपरीत विपक्षी सांसदहरूसँग विना कुनै छलफल र बहुसंख्यक जनताको भावनालाई कुल्चिँदै गरिएको प्रस्तावले हामीलाई निकै स्तब्ध र मर्माहत बनाएको छ। यस्तो प्रस्तावको खिलापमा कडाभन्दा कडा खालका आन्दोलनहरू सञ्चालन गर्ने जानकारीसमेत दिन चाहन्छौं,’ सभापति रज्जाकले निकालेको विज्ञप्तिमा उल्लेख छ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सरकारका पालामा रूपन्देहीलाई प्रदेश ५ को राजधानी तोकिएको उल्लेख गर्दै उनले त्यसबेला उक्त निर्णयको स्वागत गरेका जनतालाई हठात रूपमा आएको यस्तो प्रस्तावले स्तब्ध पारेको उनले बताएका हुन्।

‘नेकपा नेतृत्वको वर्तमान सरकारको यो प्रस्तावका विरूद्धमा आफ्नो स्थानबाट चरणवद्ध आन्दोलनमा उत्रिन जिल्लावासीमा हामी अपील गर्दछौं,’ उनले भनेका छन्।

कांग्रेसले रूपन्देहीलाई नै राजधानी बनाउन माग गरेको हो।

प्रतिक्रिया